मालपोत एेन २०३४, मालपोत नियमावली २०३६, मुलुकी एेन २०२० लगायत प्रशासन सम्वन्धी एेन नियम, जग्गा प्रशासन निर्देशिका र कार्यविधीको कार्यान्वयन गर्न माालपोत कार्यालयबाट कार्यसम्पादन गरिदा सेवाग्राहीले आफ्नो कामसंग सम्वन्धित सबै प्रमाणहरु र प्रकृया पुर्याएर आएमा अनपेक्षित झन्झट र ढिला सुस्तीबाट मुक्त भई घोषित बडापत्र कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भूमि सुधार तथा ब्यवस्थापन विभाग अन्तर्गतका मालपोत कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्न आउने सेवाग्राहीले साथमा ल्याउनु पर्ने आवश्यक प्रमाण कागजात र पुर्याउनु पर्ने प्रकृयाका बारेमा पूर्व जानकारी होस भन्ने हेतुले यो सक्षिप्त जानकारीको लागि तयार गरिएको छ । मालपोतबाट प्रदान गरिने सेवा लिन आउदा ल्याउनु पर्ने कागजात वा पुर्याउनु पर्ने प्रकृया देहाय बमोजिम रहेका छन ।
१. रजिष्ट्रेशन / लिखत पारित गर्न :
-
टिकट सहितको निवेदन
-
पारित गर्ने लिखत
-
सक्कल जग्गाधनी पुर्जा
-
लिने दिने दुवैको सक्कल नागरिकता प्रमाणपत्र र सोको फोटोकपी
-
चालु अा.ब.को मालपोत तिरेको रसिद
-
घर बाटो खुलेको स्थानिय तहको सिफारिस
-
घर समेत भए कर चुक्ता प्रमाण रसिद
-
राजश्व शुल्क बुझाएको रसिद वा भौचर
-
हालसालै खिँचेको पासपोर्ट साइजको २ प्रति फोटो ।
२. नामसारी गर्न :
-
टिकट सहितको नामसारी माग निवेदन
-
निवेदकको नागरिकता प्रमाणपत्रको सक्कल र फोटोकपी
-
स्थानिय ठेगाना भएको गाउपालिका वा नगरपालिकाको वडा मुचुल्किका र किटानी सिफारिस
-
सक्कल जग्गाधनी पुर्जा
-
नाता प्रमाणित सिफारिस
-
मृत्यु दर्ता प्रमाणपत्र
-
चालु अा.ब.को मालपोत तिरेको रसिद
-
धेरै हकदार भए मंजुरिनामा
-
मृतकको पति पत्नी छोरा छोरी बाहेक अन्यका हकमा आवश्यकता अनुसार सार्वजनिक सूचना र स्थलगत सर्जमिन मुचुल्का
-
राजश्व दस्तुर शुल्क बुझाएको रसिद वा भौचर
-
हालसालै खिँचेको पासपोर्ट साइजको २ प्रति फोटो ।
३.जग्गा दर्ता (रैकर जग्गा)
-
साविक लगत र तिरो रसिद
-
जग्गा रहेको स्थानिय तहको सिफारिस
-
दर्ता नामसारी भएमा नाता प्रमाणपत्र
-
स्थायी बसोबास र जग्गा भएको स्थानिय तहको हकदार खुलेको सिफारिस
-
सम्भव भएसम्म भूमिसुधार ७ नम्वर फाँटवारी, १ नम्लवर लगत र २ नम्वर अनुसूची
-
हकदावी सम्वन्धी सार्वजनिक सूचना
-
स्थलगत सर्जिमिन मुचुल्का
-
अावश्यकता अनुसार फिल्ड निरिक्षण प्रतिवेदन
-
नागरिकताको सक्कल प्रमाणपत्र र फोटोकपी समेत
-
राजश्व दस्तुर शुल्क बुझाएको रसिद
-
हालसालै खिँचेको पासपोर्ट साइजको २ प्रति फोटो
४. बिर्ता जग्गा विर्तावालाको हकमा दर्ता
-
बिर्ता उन्मुलन एेन २०१६ को तेश्रो संशोधन भन्दा अघिको निवेदन भएमा पोत बिर्ता लगत
-
जोताहाको बयान
-
फिल्डबुक उतार
-
फिल्ड नक्सा सम्भव भएसम्म भूमिसुधार ७ नम्वर फाँटवारी र २ नम्वर अनुसूची
-
जग्गा रहेको स्थानिय तहको सिफारिस
-
नामसारी रैकर परिणत (रैप) भए नाता प्रमाणित
-
मृत्यू दर्ता प्रमाणपत्र
-
स्थायी बसोवास गरेको स्थानिय तहको सिफारिस
-
स्थलगत सर्जिमिन मुचुल्का
-
हकदावी सम्वन्धी ३५ दिने सार्वजनिक सूचना
-
अावश्यकता अनुसार फिल्ड निरिक्षण प्रतिवेदन
-
राजश्व दस्तुर शुल्क बुझाएको रसिद वा भौचर
-
हालसालै खिचेको पास्पोर्ट साइजको २ प्रति फोटो
५. विर्ता जग्गा जोताहाको हकमा रैकर परिणत (रैप)
-
तोकिएको म्याद भित्रको रैप दर्ता मागको टिकट सहितको निवेदन
-
जोताहाको अस्थायी निस्सा
-
फिल्डबुक उतार
-
फिल्ड नक्सा
-
सम्भव भएसम्म भूमिसुधार २ नम्वर अनुसूची
-
जग्गा रहेको स्थानिय तहको जोतभोगको सिफारिस
-
नामसारी रैप दर्ता भए नाता प्रमाणपत्र
-
मृत्यू दर्ता प्रमाणपत्र
-
स्थलगत सर्जिमिन मुचुल्का
-
हकदावी सम्वन्धी ३५ दिने सार्जजनिक सूचना
-
अावश्यकता अनुसार फिल्ड निरिक्षण प्रतिवेदन
-
राजश्व दस्तुर शुल्क बुझाएको रसिद वा भौचर
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
६. दाखिल खारेज
-
टिकट सहितको दा.खा. निवेदन
-
निवेदकको नागरिकत सक्कल तथा प्रतिलिपी
-
अदालतको तहगत अन्तिम फैसलाहरु तथा जनाउ पत्र, चलानी पुर्जी
-
मिलापत्र भए मिलापत्र र जनाउ पत्र
-
दर्ता बाँकी भए जग्गा दर्ता कार्यविधी
-
लिलाम दा.खा. लिलाम गर्ने निकायको निर्णय, दा.खा. गरिदिने पत्र
-
बेजिल्ला पारित लिखत, चालु अा.ब.को मालपोत बुझाएको रसिद
-
राजश्व दस्तुर शुल्क बुझाएको रसिद वा भौचर
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
७. मोही दाखिल खारेज
-
टिकट सहितको दा.ख. निवेदन
-
सक्कल जग्गाधनी प्रमाण पुर्जा
-
भूमिसुधार कार्यलयको निर्णय तथा जनाउ पत्र
-
नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी
-
राजश्व दस्तुर शुल्क बुझाएको रसिद वा भौचर
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
८. शेष पछिको बकस पत्र दाखिल खारेज
-
टिकट सहितको निवेदन
-
शे.ब. लिखत
-
स्थानिय तहको सिफारिस
-
मृत्यू दर्ता प्रमाणपत्र
-
कार्यालयको अभिलेख भिडाउदा लिखत सदर हुनु पर्ने
-
नागरिकता प्रमाणपत्र
-
चालु आ.ब.को मालपोत तिरेको रसिद
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटोे
९. संशोधन
-
संशोधन मागको टिकट सहितको निवेदन
-
सक्कल जग्गाधनी प्रमाण पुर्जा
-
नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी
-
स्थानिय तहको किटानी सिफारिस
-
चालु आ.ब. को मालपोत तिरेको रसिद
-
सूचन सर्जिमिन मुचुल्का
-
अन्य अाबश्यक प्रमाण
१०. श्रेस्ता दाखिल खारेज
-
पारित भएको सक्कल लिखत वा निर्णय मिशिल
-
सम्वन्धित ब्यक्ती स्वमको उपस्थिती
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
-
ल्याप्चे सहीछाप
-
चालु आ.ब.को मालपोत तिरेको रसिद
-
सक्कल नागरिता र सो को प्रतिलिपी
११. फोटो टाँस
-
टिकट सहितको निवेदन
-
सक्कल जग्गाधनीको प्रमाण पुर्जा
-
नागरिकता प्रमणपत्र सक्कल र प्रतिलिपी
-
फोटो प्रमाणित सहितको ३ पुस्ते खुलेको स्थायी बसोबास भएको स्थानिय तहको सिफारिस
-
स्वामित्व प्राप्त गरेको श्रोत कागजात
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
१२. तिन पुस्ते कायम
-
टिकट सहितको निवेदन
-
सक्कल जग्गाधनीको प्रमाण पुर्जा
-
नागरिकता प्रमणपत्र सक्कल र प्रतिलिपी
-
फोटो प्रमाणित सहितको ३ पुस्ते खुलेको स्थायी बसोबास भएको स्थानिय तहको सिफारिस
-
चालु आ.ब.को मालपोत तिरेको रसिद
-
स्वामित्व प्राप्त गरेको श्रोत कागजात
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
१३. जग्गा धनि श्रेस्ता प्रतिलिपी सम्वन्धित जग्गा धनीले माग गर्दा
-
टिकट सहितको निवेदन
-
स्थायी बसोवास गरेको स्थानिय तहको किटानि सिफारिस
-
नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी
-
मालपोत बुझाएको रसिद
-
जग्गाको स्वामित्व प्राप्त गर्दाको श्रोत कागजात
-
अाश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का
-
हालसालै खिचेको पासपोर्ट साइजको १ प्रति फोटो
१४. टायल चेक
-
जग्गा धनिको टीकट सहितको निवेदन
-
नागरिकताको सक्कल र फोटोकपी
-
जग्गाधनी प्रमाण पुर्जाको सक्कल र फोटोकपी
-
चालु आ.ब.को मालपोत तिरेको रसिद
-
नक्सा उतार
-
नापीको स्थलगत निरिक्षण प्रतिवेदन
१५. हकसफा / अचल सम्पति निखन्ने सम्वन्धि
-
टिकट सहित रितपुर्वकको निवेदन
-
लिखतमा उल्लेखित थैली बमोजिमको रकम रजिष्ट्रेशन दस्तुर
-
थाहा पाएको मिति प्रमाणित हुने कागजात
-
सन्धिसर्पन पर्ने ब्यहोरा प्रमाणित हुने कागजातहरु
-
नक्सा
१६. पुन: नापी पछि श्रेस्ता अध्यविधक (हाल साविक)
-
टिकट सहितको निवेदन
-
जग्गाधनी प्रमाण पुर्जा हाल र साविक दुवै
-
नागरिकता प्रमाणपत्रको सक्कल र फोटोकपी
-
मालपोत बुझाएको रसिदको सक्कल र फोटोकपी
-
साविक र हालको नक्सा
-
अाबश्यकता अनुसार स्थलगत निरिक्षण प्रतिवेदन
-
नापी कार्यालयको बिवरण
-
अन्य प्राविधिक प्रतिवेदन
-
हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
१७. रोक्का / फुकुवा
-
पारित धितो बन्धकी लिखत
-
सरकारी अड्डा अदालत वा वित्तिय संस्थाबाट रोक्का वा फुकुवा गरिदिने पत्र
-
सक्कल जग्गाधनी पुर्जा
-
मालपोत तिरेको रसिद
|