Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Panchthar
Panchthar

Land Measurement Unit / Land Measurement Unit

जग्गा जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ । नापी विभागले हाल नापी हुँने जग्गाको क्षेत्रफल नेपाल अधिराज्य भरी एकरुपता हुने गरी जग्गाको क्षेत्रफल बर्गमिटरमा दिने ब्यवस्था गरेको छ ।

क्षेत्रफल रूपान्तर तालिका

१ बिघा २० कठ्ठा ६७७२.६३ ब.मि. ७२९०० ब.फि. १३.३१ रोपनी
१ कठ्ठा २० धुर ३३८.६३ ब.मि. ३६४५ ब.फि. १०.६५ अाना
१ धुर २० कनुवा १६.९३ ब.मि. १८२.२५ ब.फि. २.१३ पैसा
१ कनुवा -  ९.११ ब.मि. ०.८५ ब.फि -
१ रोपनी १६ अाना ५०८.७२ ब.मि. ५४७६ ब.फि. ६४ पैसा र २५६ दाम
१ अाना ४ पैसा ३१.८० ब.मि. ३४२.२५ ब.फि. ४ दाम
१ पैसा ४ दाम ७.९५ ब.मि. ८५.५६ ब.फि. -
१ दाम - १.९९ ब.मि. २१.३९ ब.फि. -
१ हेक्टर -  १०७६३४.५४ ब.मि. १०००० ब.फि. -

१ रोपनी = १.५०२३ कठ्ठा            १ बिघा = १३.३१२६ रोपनी १ धुर = २.१२९६ पैसा         १ आना = १.८७७७ धुर

१ हेक्टर = २.४७११ एकर            १ कठ्ठा = १०.६५ अाना

 

    इकाई

    वर्गफिट

    वर्गमिटर

    १ दाम

    २१.३९

    १.९९

    १ पैसा (४ दाम)

    ८५.५६

    ७.९५

    १ अाना (४ पैसा)

    ३४२.२५

    ३१.७९

    १ राेपनी (१६ अाना)

    ५४७६

    ५०८.७४

 

    इकाई

    वर्गफिट

    वर्गमिटर

   १ वर्ग यार्ड

   ९

   ०.८३६१

   १ कुनुवा

   ९.११

   ०.८५

   १ धुर (२० कुनुवा)

    १८२.२५

    १६.९३

   १ कठ्ठा (२० धुर)

    ३६४५

    ३३८.६३

   १ बिघा (२० कठ्ठा)

    ७२९००

    ६७७२.६३

   १ एकर

    ४३५६०

    ४०४६.८६

    १ हेक्टर

    १०७६३४.५४

  १००००

 

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)